दफा ८८ : सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर
कुनै कम्पनीको सञ्चालक नियुक्त हुनको निमित्त सो कम्पनीको नियमावलीमा कुनै शेयर संख्या तोकिएको भए सोबमोजिमको शेयर सञ्चालक हुने व्यक्तिले लिएको हुनु पर्नेछ । त्यसरी नतोकिएकोमा कम्तीमा एक सय शेयर लिएको हुनु पर्नेछ ।

तर दफा ८६ को उपदफा (३) तथा दफा ८७ को उपदफा (२) बमोजिम नियुक्त हुने सञ्चालकले त्यस्तो शेयर लिनु आवश्यक हुने छैन ।