दफा १८१ : कम्पनीको कारोबारसम्बन्धी सूचना
(१) यस ऐन, प्रबन्धपत्र र नियमावलीबमोजिम कुनै सूचना दिनु पर्ने भएमा र सूचना प्राप्त गर्ने व्यक्तिले उल्लिखित समय अगावै वा पछि सो सूचना आवश्यक नभएको कुरा लिखितरुपमा ब्यक्त गरेमा सो सूचना प्राप्त गरेसरह मानिनेछ ।

(२) कुनै सभामा शेयरधनी स्वयं वा प्रतिनिधिमार्पmत उपस्थित भएमा निजले यस ऐन, प्रबन्धपत्र वा नियमावलीबमोजिम निजले पाउने सूचनाको हक परित्याग गरेको मानिनेछ ।