दफा १३३ : साहू तथा शेयरधनीले उजुर गर्न सक्ने
यस परिच्छेदबमोजिम कम्पनी खारेजी गर्दा लिक्वीडेटरको काम कारबाहीका सम्बन्धमा कुनै अनियमितता भएको भनी कम्पनीको कुनै साहुू वा शेयरधनीलाई लागेमा त्यस्तो काम कारबाहीका विरुद्धमा सोको जानकारी प्राप्त भएको पन्ध्र दिनभित्र त्यस्ता साहू वा शेयरधनीले अदालतसमक्ष उजुरी गर्न सक्नेछ ।