दफा ५४ : साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
(१) साझा गरी लिएको शेयरको किस्ता रकम प्रत्येक साझेदारले आफ्नो स्वामित्वको अनुपातमा बुझाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम लिएको शेयरमा यसको यति भाग छ भन्ने रीतपूर्वकको लिखत भएकोमा बाहेक जतिजनाको नाममा शेयर रहेको छ उतिजनाको नाममा बराबर हिस्सा रहेको मानिनेछ ।