दफा १५२ : एकल शेयरधनी भएको कम्पनीले सञ्चालक समितिको बैठक तथा साधारण सभा बोलाउनु नपर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एकल शेयरधनी भएको कम्पनीले नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कम्पनीको सञ्चालक समिति वा साधारण सभाबाट गर्नु पर्ने भनिएको सम्पूर्ण काम कारबाही तथा निर्णय त्यस्तो शेयरधनीको लिखित निर्णय अनुसार हुनेछ र त्यसको लागि सञ्चालक समितिको बैठक वा साधारण सभा बोलाउनु पर्ने छैन ।