दफा ७९ : वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्ने
प्रत्येक पब्लिक कम्पनीले वार्षिक साधारण सभामा छलफल गरिने वार्षिक आर्थिक विवरण, सञ्चालकको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, दफा ७८ अनुसार तयार पारिएको प्रतिवेदन र सभामा पेश हुने प्रस्तावहरु सभा हुनुभन्दा कम्तीमा एक्काइस दिन अगावै तयार गरी कम्पनीको रजिष्टर्ड कार्यालयमा शेयरधनीहरुले निरीक्षण गर्न पाउने व्यवस्था मिलाई राख्नु पर्नेछ र कुनै शेयरधनीले निवेदन दिई सोको प्रतिलिपि माग गरेमा निजलाई त्यसको एक प्रति प्रतिलिपि दिनु पर्नेछ ।

तर विशेष प्रस्तावका रुपमा सभामा पेश हुने प्रस्तावहरु सभाको सूचना साथ शेयरधनीको ठेगानामा पठाउनु पर्नेछ ।