दफा ८३ : विशेष प्रस्ताव पेश गर्नु पर्ने
देहायको विषयमा कम्पनीको साधारण सभामा निर्णय लिनको लागि विशेष प्रस्ताव पेश गर्नु पर्नेछ ः–

(क) कम्पनीको अधिकृत पूँजी बढाउने विषय,

(ख) कम्पनीको शेयर पूँजी घटाउने वा हेरफेर गर्ने विषय,

(ग) कम्पनीको नाम वा मुख्य उद्देश्य परिवर्तन गर्ने विषय,

(घ) एउटा कम्पनी अर्को कम्पनीमा गाभिने विषय,

(ङ) बोनस शेयर जारी गर्ने विषय,

(च) कम्पनीले आफ्नो शेयर आफैले खरिद गर्ने विषय,

(छ) डिस्काउण्टमा शेयर बिक्री गर्ने विषय,

(ज) प्राइभेट कम्पनी पब्लिक कम्पनीमा वा पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने विषय,

(झ) यस ऐन वा नियमावलीमा कम्पनीले विषेश प्रस्ताव पारित गर्नु पर्ने भनिएको अन्य विषय ।