दफा १८० : यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
यस ऐन, प्रबन्धपत्र वा नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यस ऐन, प्रबन्धपत्र वा नियमावलीबमोजिम गर्नु पर्ने कुनै काम, कुरा नगरी वा नगर्नु पर्ने कुनै काम, कुरा गरी कुनै कम्पनीमा वा कुनै कम्पनीका सम्बन्धमा कुनै काम कारबाही भए गरेको रहेछ भने सो काम कारबाही बदर हुनेछ ।