दफा ११ : पब्लिक कम्पनीको चुक्ता पूँजी
(१) प्रचलित कानूनमा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास कम्पनीको चुक्ता पूँजी बढी हुनु पर्ने गरी अन्यथा व्यवस्था गरिएकोमा बाहेक पब्लिक कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सोही उपदफामा उल्लिखित चुक्ता पूँजी नभएको पब्लिक कम्पनीले सम्वत् २०६५ साल आश्विन २२ गतेभित्र उपदफा (१) बमोजिमको पूँजी कायम गर्नु पर्नेछ ।