दफा ४८ : शेयरधनीको ठेगाना
(१) अन्यथा सूचना गरी हेरफेर गरिएकोमा बाहेक शेयरधनी दर्ताकिताबमा उल्लेख गरिएको शेयरधनीको ठेगाना निजको वास्तविक ठेगाना मानिनेछ ।

(२) शेयरधनीको ठेगाना परिवर्तन भएमा परिवर्तन हुने वित्तिकै नयाँ ठेगानाको सूचना लिखित रुपमा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त भएपछि सञ्चालक वा कम्पनी सचिवले शेयरधनीको दर्ताकिताबमा सोबमोजिम परिवर्तन भएको ठेगाना उल्लेख गरिराख्नु पर्नेछ ।

(४) शेयरधनीले उपलब्ध गराएको ठेगानामा सूचना पठाए पछि अन्यथा प्रमाणित भएकोमा बाहेक यस ऐनबमोजिम कम्पनीले शेयरधनीलाई उपलब्ध गराउनु पर्ने सूचना रीतपूर्वक पठाएको र सम्बन्धित शेयरधनीले प्राप्त गरेको मानिनेछ ।