दफा ११७ : सूचना दिनु पर्ने
लेखापरीक्षकले दिएको प्रतिवेदनको प्रतिलिपि यस ऐनमा गरिएको व्यवस्थाको अधीनमा रही कम्पनीले शेयरधनीहरूलाई उपलब्ध गराउनु पर्नेछ । त्यस्तो कम्पनीमा आधिकारिक ट्रेड युनियनको व्यवस्था भएको रहेछ भने त्यस्तो टे«ड युनियनको लिखित अनुरोधमा कम्पनीले सो टे«ड युनियनलाई प्रतिवेदनको एकप्रति उपलब्ध गराउनु पर्नेछ ।