कम्पनी दर्ता सम्बन्धमा ध्यान दिनुपर्ने कुराहरु

  • प्राइभेट लिमिटेड कम्पनीको हकमा कम्तीमा एक जना र बढीमा १०१ जनासम्म र प.लि. कम्पनीको हकमा कम्तीमा ७ जना संस्थापक शेयरधनीहरु हुनु आवश्यक छ । तर कुनै पव्लिक लिमिटेड कम्पनी संस्थापक भई अर्को पव्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा ७ जना संस्थापकहरुको आवश्यकता पर्दैन ।
  • प्रवन्धपत्र र नियमावली यथाशक्य नेपाली कागजमा अथवा टिकाउ खालको कागजमा एकातर्फमात्र टाइप भएको हुनुपर्दछ ।
  • प्रवन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट नेपाली भाषामा तयार गरिएको हुनुपर्दछ । विदेशी लगानी हुने कम्पनीको हकमा प्रवन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट अंग्रेजी भाषामा तयार गरिएको हुनुपर्छ तर ती दुवैको नेपाली रुपान्तर पनि पेश गर्नु पर्दछ ।
  • प्रवन्धपत्र र नियमावलीको प्रत्येक पानामा तलतिर सबै संस्थापक शेयरवालाहरुले दस्तखत गरेको हुनुपर्दछ । प्रवन्धपत्र र नियमावलीको अन्तिम प्रकरणमा संस्थापक शेयरवालाहरुको पूरा नाम, ठेगाना, लिन कवुल गरेको शेयर संख्या र दस्तखतको साथ साथै प्रत्येकसंस्थापकको दस्तखत मुनीस्पष्ट वूझिने गरी ल्याप्चे सहिछाप हुनर्ुपर्दछ । संस्थापक शेयरवाला पिच्छे एकजना साक्षीको पूरा नाम, ठेगाना र दस्तखत हुनु आवश्यक छ ।
  • नयाँ कम्पनी दर्ता हुँदा त्यस्तो कम्पनीको शेयर पूरानो कम्पनीले खरीद गर्ने प्रावधान राखिएमा पूरानो कम्पनीको आर्थिक अवस्था चित्रण भएको प्रमाण पेश गर्नुपर्छ ।
  • कम्पनी दर्ता गर्न संस्थापक शेयरधनीहरुमध्ये कम्तीमा १ जना शैयरधनी कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वयम् उपस्थित भै सनाखत गर्नु पर्दछ ।