दफा ५७ : शेयर पूँजी घटाउने
(१) कम्पनीले आफ्नो शेयर पूँजी घटाउन चाहेमा सो विषयमा साधारण सभामा विशेष प्रस्ताव पारित गरी अदालतको स्वीकृति लिई सोबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक हेरफेर वा संशोधन गरी शेयर पूँजी घटाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अदालतको स्वीकृति प्राप्त गरेपछि कम्पनीले देहायबमोजिम हुने गरी शेयर पूँजी घटाउन सक्नेछ ः–

(क) किस्ता माग गरेको शेयरको रकम चुक्ता नभएकोमा जति चुक्ता भएको छ त्यतिमात्र पूँजी कायम गरी,

(ख) चुक्ता भईसकेको पूँजी फिर्ता गरी,

(ग) कम्पनीलाई ठूलो नोक्सानी परेमा वा दैवी प्रकोप परेमा शेयरको अङ्कित मूल्य घटाई ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनबमोजिम दामासाहीमा परिसकेको कम्पनीले यस दफाबमोजिम आफ्नो पूँजी घटाउन सक्ने छैन ।