दफा ४२ : शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
(१) यस ऐन, प्रबन्धपत्र र नियमावलीका अधीनमा रही कम्पनीको शेयर वा डिबेञ्चर चल सम्पत्तिसरह बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य कुनै कम्पनीबाट ऋण नलिएको प्राइभेट कम्पनीबाहेक अन्य कम्पनीको संस्थापकले कम्पनीको प्रथम साधारण सभा नभएसम्म र निजको नाममा जारी भएको शेयरको माग रकम पूरा चुक्ता नगरेसम्म आपूmले लिएको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन ।

(३) उपदफा (१) बमोजिम शेयर वा डिबेञ्चर धितोबन्धक दिएकोमा सो व्यहोरा दर्ताकिताबमा जनाउनको निमित्त धितोबन्धक लिनेले तोकिएबमोजिमको ढाँचामा तोकिएको दस्तुरसहित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । त्यसरी दिइने निवेदनसाथ निवेदकले धितोबन्धकसँग सम्बन्धित लिखत र शेयर वा डिबेञ्चरको प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निवेदन परेमा कम्पनीले त्यसरी शेयर वा डिबेञ्चर धितोबन्धक दिए लिएको व्यहोरा दर्ताकिताबमा जनाउनु पर्नेछ र त्यसरी धितोबन्धक राखेको शेयर वा डिबेञ्चर निखनेको जनाउ पाएपछि त्यस्तो धितो बन्धकीको लगत दर्ताकिताबबाट कट्टा गर्नु पर्नेछ ।