दफा १५७ : अख्तियारनामा
(१) दफा १५४ बमोजिम दर्ता हुने विदेशी कम्पनीले नेपालमा बसोबास गर्ने व्यक्तिलाई आफ्नो तर्फबाट वा आफ्नो विरुद्ध चलाइएको मुद्दा मामिला वा कानूनी कारबाहीसम्बन्धी म्याद वा सूचना तामेल गर्ने प्रयोजनको लागि वा अन्य कुनै कानूनसम्मत सूचनाहरु प्राप्त गर्ने अख्तियार प्रदान गरी निर्धारित ढाँचामा कम्पनी संस्थापना भएको वा कम्पनीको प्रधान कार्यालय रहेको मुलुकको कानूनको रीत पु¥याई कम्पनीको अधिकारप्राप्त प्रतिनिधि नियुक्त गरिएको अख्तियारनामाको प्रतिलिपि कार्यालयसमक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दिएको अख्तियारनामामा अन्य कुराको अतिरिक्त कम्पनीको तर्फबाट वा कम्पनीको विरुद्धमा चलाइने मुद्दा मामिलासम्बन्धी म्याद वा सूचना वा अन्य कानूनी सूचनाहरु अख्तियारप्राप्त प्रतिनिधिलाई बुझाईएमा सो जुनसुकै प्रयोजनका लागि पनि कम्पनीलाई बन्धनकारी हुने कुरा उल्लेख गर्नु पर्नेछ ।