दफा १७० : कम्पनी सल्लाहकार बोर्ड र कम्पनी बोर्डको सचिवालय र कर्मचारीसम्बन्धी व्यवस्था
(१) दफा १६८ बमोजिम गठन हुने कम्पनी सल्लाहकार बोर्डको सचिवालय कम्पनी रजिष्ट्रारको कार्यालयमा रहनेछ ।

(२) दफा १६९ बमोजिम गठन हुने कम्पनी बोर्डको सचिवालय उद्योग मन्त्रालयमा रहनेछ ।

(३) कम्पनी बोर्डको सचिवालयमा नेपाल सरकारले तोकेको संख्यामा कर्मचारीहरु रहनेछन् ।