दफा १८७ : शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
(१) कम्पनीको व्यवस्थापन, सञ्चालन तथा शेयरधनीहरुलाई प्राप्त मताधिकारको प्रयोगको बारेमा कम्पनीका शेयरधनीहरुकाबीच भएको सम्झौता निजहरुबीच बाध्यात्मक रुपमा लागू हुनेछ ।

तर त्यस्तो सम्झौताको कुनै प्रावधान कम्पनी वा यसका अल्पमत शेयरधनीहरुको हित प्रतिकूल हुने भएमा सो हदसम्म स्वतः निष्क्रिय हुनेछ ।

(२) उपदफा (१) बमोजिम भएको सम्झौताको दुईप्रति त्यस्तो संम्झौता भएको मितिले पन्ध्रदिनभित्र सम्बन्धित शेयरधनीले कम्पनीमा पेश गर्नु पर्नेछ । त्यसरी शेयरधनीहरुबाट प्राप्त भएको सम्झौताको एकप्रति कम्पनीले सो प्राप्त गरेको पन्ध्रदिनभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।