दफा ८६ : सञ्चालक समिति र सञ्चालकको संख्या
(१) प्राइभेट कम्पनीको सञ्चालकहरूको नियुक्ति र निजहरुको संख्या नियमावलीमा व्यवस्था गरिएबमोजिम हुनेछ ।

तर सञ्चालकहरुको संख्या एघारजना भन्दा बढी हुने छैन ।

(२) प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा तीनजना र बढीमा एघारजनासम्म सञ्चालक भएको सञ्चालक समिति रहनेछ । महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एकजना महिला सञ्चालक हुनुपर्ने छ ।

(३) उपदफा (२) बमोजिम सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बन्धित कम्पनीको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिहरुमध्ये सातजनासम्म सञ्चालक भए कम्तीमा एकजना र सातजनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा दुईजना व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गर्नु पर्नेछ ।

(४) सञ्चालकहरूले आपूmमध्येबाट छानेको कुनै एकजना सञ्चालक सञ्चालक समितिको अध्यक्ष हुनेछ ।