दफा ५५ : शेयर डिबेञ्चरमा हकदार मानिने
कुनै कम्पनीले जारी गरेको शेयर वा डिबेञ्चरको स्वामित्वको विषयमा विवाद उत्पन्न भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक कम्पनीले खडा गरेको शेयर वा डिबेञ्चरको दर्ताकिताबमा जसको नाम दर्ता भएको छ निज नै त्यस्तो शेयर वा डिबेञ्चरको हकदार भएको मानिनेछ ।