दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा तीन सय जना भन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र पचास प्रतिशत भन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिनेछैन ।