दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गर्नका लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौता भएमा सो सम्झौता गर्दाका बखत कायम भएको कर सम्बन्धी यस ऐनले व्यवस्था गरेको करका सुविधाहरू त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौता अवधिभर त्यस्तो कर सम्बन्धी सुविधा उपभोग गर्न पाउनेछ ।”