दफा ३ : कर लगाउने
देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असूलउपर गरिनेछ ः–
(क) कुुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,
(ख) दफा ६८ को उपदफा (३) र (४( बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर–बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र 
(ग) कुनै आय वर्षमा अन्तिम रुपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।