दफा २६ : दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
(१) कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै रोजगारी , व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्र्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम, प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “दीर्घकालीन करार” भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्झनु पर्छ ः–
(क) सो करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको, र
(ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार ।
(२) प्रतिफल विलम्बित हुने करार, क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने, क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने, समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट) र सम्पन्न प्रतिशतको करार तोकिए बमोजिम हुनेछ ।