दफा ६२ : बिमाबाट प्राप्त रकम
(१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बिमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ म उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बिमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछ ः–
(क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बिमित उपर अन्तिम रुपमा हुने कर कट्टीद्धारा कर लगाइनेछ , र 
(ख) गैर बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बिमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि लगानी बिमाबाट प्राप्त लाभ भन्नाले सो बिमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बिमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ ।