दफा ४२ : किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निसर्ग गरेमा देहाय बमोजिम हुनेछ ः –
(क) सम्पत्ति निसर्ग गर्ने व्यक्तिलाई निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निसर्गबाट प्राप्त भएको मानिनेछ, र 
(ख) निसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।
तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।