दफा ८६ : बुझाउनु पर्ने करको प्रमाण
कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनु पर्ने करको रकम उल्लेख गरी विभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारबाहीमा सो व्यक्तिबाट बुझाउन पर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछ ः–
(क) कर असूलउपर गर्न परिच्छेद–२० बमोजिम विभागले गरेको कारबाही, वा 
(ख) परिच्छेद–२३ बमोजिम कुनै कसूर सम्बन्धी कारबाही ।