दफा १९क : रोजगारी दिए वापत विशेष खर्च छुट
(१) कुनै व्यक्तिले व्यवसाथबाट भएको आय गणना गर्ने प्रयोजनको लागि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको निकाय वाहेक अन्य निकायले नेपाली नागरिकलाई आफ्नो संस्थामा नेपालमा रोजगारी दिए वापत प्रति कर्मचारी वा कामदार वापत पाँच सय रुपैंया खर्च कट्टी गर्न पाउनेछ र एक आयवर्ष पुरा काम नगर्ने अस्थायी प्रकृतिको कर्मचारी वा कामदाच भए दामासाहीको हिसावले त्यस्तो खर्च कट्टी गर्न पाउनेछ । 
(२) उपदफा (१) बमोजिम कर्मचारी वा कामदारको विवरण दफा ९४ बमोजिम किस्ताबन्दीको कर दाखिला गर्दा वुझाउनु पर्नेछ ।