दफा ३१ : क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
बिमा बापतको भुक्तानी लगायत देहायका कुराहरु बापत कुनै व्यक्ति वा सो व्यक्तिको सम्बद्ध व्यक्तिले कुनै क्षतिपूर्ति रकम प्राप्त गरेकोमा सो क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको समयमा त्यस्तो रकम अवस्था अनुुसार रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्दा समावेश गर्नु पर्नेछ ः–
(क) कुनै व्यवसाय, रोजगारी वा लगानीबाट सो व्यक्तिले प्राप्त गरेको वा प्राप्त हुन सक्ने कुनै आय वा सो आयको गणनामा समावेश हुने कुनै रकम बापतको क्षतिपूर्ति , वा
(ख) कुनै व्यवसाय वा लगानीमा सो व्यक्तिलाई भएको वा हुनसक्ने नोक्सानी वा सो व्यक्तिको आयको गणना गर्दा कट्टी हुने खर्च रकम बापतको क्षतिपूर्ति ।

“तर बासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारिरीक क्षति बापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नुपर्ने छैन र सो दुर्घटनाबाट भएको क्षतिको उपचारमा लागेको खर्च दफा ५१ बमोजिम कर मिलान दाबी गर्न पाउने छैन ।”

प्राकृतिक व्यक्तिको मृत्यु बापत प्राप्त हुने क्षतिपूर्तिको रकम आयमा समावेश गर्नु पर्ने छैन ।”