दफा ७६ : पूर्वादेश
(१) कुनै व्यक्तिले आफूद्धारा प्रस्तावित वा आफूले मानेको कुनै द्धिविधा निराकरणका लागि विभागसमक्ष लिखित रुपमा निवेदन दिएमा विभागले सो व्यक्तिलाई लिखित रुपमा सूचित गरी विभागको धारणा तोकिए बमोजिम पूर्वादेशद्धारा जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको कार्यान्वयनका सम्बन्धमा देखापरेको कुनै द्धिविधा सम्बन्धी विषय अदालतमा बिचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको अवस्थामा त्यस्तो विषयमा विभागले उपदफा (१) बमोजिमको पूर्वादेश जारी गर्न सक्ने छैन ।
(३) उपदफा (१) बमोजिम पूर्वादेश जारी गर्नु अगावै कुनै व्यक्तिले देहाय बमोजिम गरेमा सो व्यक्तिलाई दिएको पूर्वादेश वहालरहेसम्म सो आदेश बमोजिम यस ऐनको कार्यान्वयन गर्न विभाग वाध्य हुनेछ ः–
(क) सो आदेशसंग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभागसमक्ष प्रस्तुत गरेमा, र 
(ख) सो आदेशको लागि सो व्यक्तिले दिएको निवेदनमा उल्लिखित वूँदा अनुरुपको प्रबन्ध भएमा ।
(४) दफा ७५ बमोजिम जारी गरिएका सार्वजानिक परिपत्र र उपदफा (१) बमोजिम जारी गरिएका पूर्वादेश एक आपसमा बाझिएमा पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा पूर्वादेशमा उल्लिखित कुराहरुलाई प्राथमिकता दिइनेछ ।
(५) उपदफा (१) बमोजिमको पूर्वादेश जारी गर्नुअघि विभागले निवेदकलाई आफैं वा आफ्नो प्रतिनिधि उपस्थित भै कुनै अपुग विवरण भएमा पेश गर्ने मौका दिन सक्नेछ ।