दफा ७५ : सार्वजनिक परिपत्र
(१) यस ऐनको कार्यान्वयनमा एकरुपता ल्र्या कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृतहरु लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरुलाई मार्गनिर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाहरुको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरु जारी गर्न सक्नेछ । 

(२) विभागले उपदफा (१) बमोजिम जारी गरिएका परिपत्रहरु सर्वसाधारणको जानकारीका लागि विभागको आफ्नो वेबसाइटमा वा राष्ट्रियस्तरको पत्रपत्रिकामा वा अन्य विद्युतीय माध्यकबाट प्रकाशन तथा प्रसारण गर्न सक्नेछ।

(३) उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगरिएसम्म सो परिपत्र बमोजिम कारबाही गर्न विभाग वाध्य हुनेछ ।