दफा १ : संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१ यस ऐनको नाम “आयकर ऐन , २०५८ ” रहेकोछ ।
(२) यो ऐन नेपाल अधिराज्यभर लागू हुनेछ र नेपाल अधिराज्यबाहिर जहाँसुकै बसेको भए पनि बासिन्दा व्यक्तिलाई समेत लागु  हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।