दफा ७८ : स्थायी लेखा नम्बर
 (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको पहिचान गर्ने प्रयोजनका लागि विभागले सो व्यक्तिलाई स्थायी लेखा नम्बर भनिने एउटा परिचय संख्या जारी गर्नेछ ।
(२) विभागले कुनै पनि व्यक्तिलाई यस ऐनको प्रयोजनको लागि प्रयोग गरिने कुनै आय विवरण, विवरण, कथन वा अन्य कागजानतमा आफ्नो स्थायी लेखा नम्बर उल्लेख गर्न आदेश दिन सक्नेछ ।

(३) श्री ५ को सरकारले कुनै व्यक्तिले स्थायी लेखा नम्बर देखाउनु पर्ने वा उल्लेख गर्नु पर्ने अवस्था तोक्न सक्नेछ ।