दफा २९ : अप्रत्यक्ष भुक्तानीहरु
कुनै व्यक्तिले देहाय बमोजिम भुक्तानीकर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अन्य व्यक्तिलाई फाइदा पुर्याउने आशय राखेकोमा विभागले लिखित रुपमा सूचना जारी गरेर त्यस्तो अन्य व्यक्ति वा निर्दिष्ट गरेको व्यक्तिलाई सो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ ः–
(क) कुनै भुक्तानीबाट अप्रत्यक्ष रुपले फाइदा लिएमा, वा
(ख) कुनै भुक्तानी प्राप्त गर्ने व्यक्ति निर्दिष्ट गरेमा ।