दफा ८९ : ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
(१) बासिन्दा व्यक्तिले सामान्य बिमा प्रिमियम भुक्तानी वा ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कुल रकममा १.५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित रकम यकीन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पिउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरु भए सो समेत जोडी यकीन गर्नु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैर बासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर कट्टी गर्नु पर्नेछ ः–
(क) विभागले सो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा निर्धारित दरमा, वा
(ख) अन्य कुनै अवस्थामा उपदफा (१) बमोजिम ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैन ः–
(क) कुनै व्यवसाय सञ्चालनका सिलसिलामा गरिएको भुक्तानी बाहेकका प्राकृतिक व्यक्तिहरुले गरेको भुक्तानी, वा
(ख) कर छूट दिइएका भुक्तानी वा दफा ८७ वा ८८ बमोजिम कर कट्टी गर्नु पर्ने भुक्तानी ।