दफा १८ : अनुसन्धान र विकास खर्च
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयाजनको लागि सो वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायका अनुसन्धान तथा विकास खर्च कट्टी नगरी र दफा १२ को उपदफा (२) र दफा १७ को उपदफा (२) का सीमाहरुलाई गणनामा समावेश नगरी गणना गरिएको सो व्यक्तिको करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।
(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “अनुसन्धान र विकास खर्च” भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्झनु पर्छ ।
तर यस्तो खर्चमा अनुसूची–२ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन ।