दफा ७९ : कागजातको तामेली
(१) यस ऐन बमोजिम कुनै व्यक्तिलाई दिनु बुझाउनु पर्ने कुनै पनि कागजात देहायको अवस्थामा सो व्यक्तिलाई बुझाइएको वा दिइएको मानिनेछ ः –
(क) कुनै व्यक्तिको फ्याक्स नम्बर वा इ–मेल ठेगानामा पठाएको,
(ख) व्यक्तिगत रुपमा जसलाई बुझाउनु पर्ने हो उसैलाइ बुझाएको वा निकायको हकमा निकायको प्रबन्धकलाई बुझाएको, वा 
(ग) व्यक्तिको थाहा भएसम्मको आवास कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको ।
(२) विभागको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्यूटर प्रविधिबाट इनक्रीप्ट वा इनकोड गरिएको, छाप लगनइएको वा सो कागजातमा लेखी यस ऐन बमोजिम जारी गरिएको, तामेली गरिएको वा दिइएको कागजातलाई रीतपूर्वकको मानिनेछ ।