दफा ७४ : करदाताको अधिकार
(१) करदाताले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कर्तव्य पूरा नगरी उपदफा (२) मा उल्लिखित कुनै पनि अधिकारको उपभोग गर्न पाउने छैन ।
(२) करदातालाई यस ऐन बमोजिम कर बुझाउने सन्दर्भमा देहाय बमोजिमको अधिकार हुनेछ ः–
(क) सम्मानपूर्वक व्यवहारको अधिकार,
(ख) कर सम्बन्धी कुराहरुको सूचना प्रचलित कानून बमोजिम प्राप्त गर्ने अधिकार ,
(ग) कर सम्बन्धी कुरामा सफाईको सवूद पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,
(घ) प्रतिरक्षाको लागि कानून व्यवसायी वा लेखापरीक्षक मुकरर गर्ने अधिकार, र 
(ङ) कर सम्बन्धी गोपनीय कुराहरु यस ऐनमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने अधिकार ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि करदाता भन्नाले दफा ३ मा उल्लेख भए बमोजिम कर लगाई असूलउपर गरिने व्यक्ति सम्झनु पर्छ ।