दफा ५ : करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
 कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरुको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२ वा ६३ बमोजिम कुनै दाबी गरेका रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ ः–
(क) व्यवसाय,
(ख) रोजगारी, र
(ग) लगानी ।