दफा ६ : निर्धारणयोग्य आय
यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको देहायका आयहरुलाई निर्धारणयोग्य आय मानिनेछ ः–
(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय, र
(ख) गैर–बासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय ।
तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ बमोजिम कर छूट दिइएको कुनै पनि आय समावेश हुने छैन ।