दफा १२४ : झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानाजानी वा लापरबाही साथ पेश गरेको कारणले झुट्ठा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो विषयका सम्बन्धमा कुनै खास कुरा वा विषयको जानकारी विवरणमा उल्लेख नगरी वा हटाई सो विवरण भ्रमपूर्ण हुन गएकोमा त्यस्तो व्यक्तिलाई चालिस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिबाना वा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि विभागमा दिएको कुनै जानकारी वा विवरण भन्नाले दफा १२० को स्पष्टीकरणमा उल्लेख भएको विवरण सम्झनु पर्छ ।