दफा ९७ : आय विवरण दाखिला गर्न नपर्ने
विभागले लिखित आदेश दिएमा बाहेक देहायका कुनै पनि व्यक्तिले दफा ९६ बमोजिम कुनै आय वर्षको आय विवरण पेश गर्नु पर्ने छैन ः–
(क) सो आय वर्षमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिमध्ये कर तिर्नु नपर्ने कुनै व्यक्ति,
(ख) सो आय वर्षमा दफा ३ को खण्ड (ग) मा उल्लिखित व्यक्ति, वा 
(ग) सो आय वर्षमा दफा ४ को उपदफा (३) आकर्षित हुने कुनै बासिन्दा प्राकृतिक व्यक्ति ।