दफा १२क : सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपाल राज्यभित्र रहेका प्राचीन, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने वा खेलकुदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्चमध्ये दश लाख रुपैयाँसम्मको रकम वा निर्धारण योग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छ सो रकम आफ्नो सो वर्षको करयोग्य आय गणना गर्दा घटाउने दावी गर्न सक्नेछ ।”