दफा ४१ : सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निसर्ग गरेमा देहाय बमोजिम हुनेछ ः–
(क) सम्पत्तिको सम्बन्धमा, –
(१) सो व्यक्तिलाई निसर्ग बापत निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ , र 
(२) सो समयसम्म सो सम्पत्ति बापत गरिएका खूद खर्चहरु (आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।
(ख) दायित्वको सम्बन्धमा ,–

(१) सो व्यक्तिलाई निसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ, र

(२) सो समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका आम्दानीहरुलाई खर्च रकम बराबरको भए सरह मानिनेछ ।