दफा १२ : कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृत प्राप्त कर छूट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउने दाबी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षँमा कट्टी गर्न पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यीिक्तको सो वर्षको उपदफा (१) बमोजिमको उपहार बापत कट्टी नगरी र दफा १७ को उपदफा (२)र दफा १८ को उपदफा (२) का सीमाहरुलाई गणनामा समावेश नगरी निर्धारण गरिएको करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुने छैन ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च बापत पूर्ण वा आंशिक रुपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।