दफा ८९क : वासिन्दा निकायमा रहेको हितको निसर्गबाट प्राप्त लाभमा कर कट्टी
कुनै वर्षमा प्रचलित कानून बमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको कारोबार गर्ने वासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै वासिन्दा निकायमा रहेको हितको निसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रीम करकट्टी गर्नु पर्नेछ ः– 
(क) धितोपत्र बजारमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले वासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पन्ध्र प्रतिशत, 
(ख) धितोपत्र बजारमा सूचीकरण नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निसर्ग भएको हो सोही निकायले वासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पन्ध्र प्रतिशत ।”