दफा ७५ : सार्वजनिक परिपत्र
(१) यस ऐनको कार्यान्वयनमा एकरुपता ल्र्या कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृतहरु लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरुलाई मार्गनिर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाहरुको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरु जारी गर्न सक्नेछ । 
(२) विभागले उपदफा (१) बमोजिम जारी गरिएका परिपत्रहरु सर्वसाधारणको जानकारीका लागि विभागमा वा विभागले आवश्यकतानुसार अन्य कुनै स्थानमा वा कुनै माध्यमद्धारा उपलब्ध गराउनेछ ।
(३) उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगरिएसम्म सो परिपत्र बमोजिम कारबाही गर्न विभाग वाध्य हुनेछ ।