दफा ५० : दम्पत्ति
(१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुबैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी छनौट गर्न सक्नेछन । 
(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाृनु पर्ने करको लागि एक अर्काप्रति संयुक्त रुपमा र छुट्टाछुट्टौ रुपमा जिम्मेवार हुनेछन् ।