दफा ६६ : अवकाश कोषमा रहेको हित बापतका खर्च र आम्दानीहरु
(१) कुनै अवकाश कोषमा कुनै प्राकृतिक व्यक्तिको हितको रुपमा रहेको कुनै सम्पत्ति बापत गरिएको खर्चमा देहायका रकम समावेस गर्नु पर्नेछ ः–
(क) सो प्राकृतिक व्यक्तिले हितको सन्दर्भमा गरेको सबै अवकाश योगदानहरु, र 
(ख) सो कोषबाट दफा ६४ को उपदफा (३) बमोजिम कर दाखिला गरिएकोमा सो कोष स्वीकृत अवकाश कोषको रुपमा स्वीकृत भएको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको बीचको अवधिमा उपदफा (२) बमोजिम सो सम्पत्ति बापतका आम्दानीहरुमा समावेश गरिएको रकम ।
तर उपरोक्त रकमहरु दफा ३८ मा उल्लिखित खर्चमा समावेस भएको हुनु हुदैन ।
(२) कुनै स्वीकृत अवकाश कोषमा कुनै व्यक्तिको हितको रुपमा रहेको कुनै सम्पत्ति बापतका आम्दानीहरुमा सो हितका सम्बन्धमा गरिएका अवकाश योगदानहरु बपत दफा ६३ को उपदफा (२) बमोजिम सो व्यक्तिबाट दाबी गरिएका छूटहरु समावेश गर्नु पर्नेछ ।