दफा ११८ : किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
(१) कुनै व्यक्तिले यस उपदफाको खण्ड (क) बमोजिम दाखिला गरेको किस्ताबन्दी कर रकम खण्ड (ख) बमोजिम किस्तामा दाखिला गर्नु पर्ने कर रकमभन्दा कम भएमा सो कम रकममा उपदफा (२) बमोजिम ब्याज लाग्न्ेछ ः–
(क) किस्ताबन्दी कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९४ बमोजिम कुनै वर्षमा दाखिला गर्नु पर्ने किस्ताबन्दी करको सम्बन्धमा दफा ९५ बमोजिम गणना गरेको अनुमानित वा संशोधित कर रकम,
(ख) सो वर्ष दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको नब्बे प्रतिशतले हुने कर रकम ।
(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको पहिलो किस्ता बुझाउनु पर्ने मितिदेखि दफा ९९ बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्न्ेछ ।
(३) खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको प्रत्येक अवधिको रकममा सामान्य दरले उपदफा (२) बमोजिम ब्याज लाग्नेछ ।
(क) कुनै व्यक्तिको कुनै आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकमको नब्बे प्रतिशत रकम, 
(ख) सो आय वर्षमा तिरेको किस्ताहरुको रकम