Section 16 : Accounts of Transactions to be mentioned
(१) करदाताले दफा १८ बमोजिमको कर अवधिको आफ्नो कारोबारको लेखा अद्यावधिक राख्नु पर्नेछ र त्यस्तो लेखा निरीक्षण गर्न कर अधिकृतले माग गरेमा जहांसुकै रहेको निजको त्यस्तो लेखा कर अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) करदाताले राखेको लेखामा देहायका कुराहरु समेत समावेश हुनु पर्नेछ ः–
(क) कारोबार भएको मिति,
(ख) प्रत्येक कारोबारको मूल्य,
(ग) कारोबारको अर्काे पक्ष दर्ता भएको रहेछ भने निजको दर्ता नम्बर, र
(घ) कारोबारसंग सम्बद्ध तोकिए बमोजिमका अन्य कुराहरु ।
(३) दर्ता भएको व्यक्तिले सम्बन्धित कर अधिकृतद्वारा प्रमाणित भएको
खरिद तथा बिक्री खाता लेखा राख्ने प्रयोजनको निमित्त प्रयोग गर्नु पर्नेछ ।
(४) करदाताले कारोबारको लेखा तोकिएको अवधिसम्म सुरक्षित राख्नु
पर्नेछ ।